एस-ए-एम ले प्रणयात्मक (रोमान्टिक) अभिविन्यास र यौन अभिमुखीकरणलाई विभिन्न पहिचानहरूमा विभाजन गर्दछ। यो, यस विचारमा आधारित छ कि एक व्यक्तिको प्रणयात्मक (रोमान्टिक) र यौन आकर्षण एकअर्काबाट अलग रहन सक्छन्, र एक व्यक्ति फरक फरक तरिकामा विभिन्न व्यक्तिहरूसंग आकर्षित हुन सक्छ।
एस्पेक समुदायमा, एस र एरो व्यक्तिहरुले कहिलेकाहीँ एस-ए-एमको प्रयोग गरी उनीहरूले कसरी आफ्नो अयौनिक र अप्रणयात्मक पहिचान र आकर्षणहरू छुट्टा-छुट्टै अनुभव गर्छन् भनेर हाइलाइट गर्छन् , उदाहरणका लागि, अयौनिक व्यक्तिहरुले यौन आकर्षण महसुस गर्दैनन्, तर केही अयौनिक व्यक्तिहरू प्रणयात्मक रूपमा कसैप्रति आकर्षित हुन सक्छन्।
त्यस्ता अवस्थाहरूमा एस-ए-एम प्रयोग गरेर, यौन अभिमुखीकरण /आकर्षण जस्तै अयौनिक र द्वि-प्रणयात्मक (बाई-रोमान्टिक), वा सर्व्यौनिक (प्यान्सेक्सुअल) र अप्रणयात्मक भनेर आफ्नो यौनिक र प्रणयात्मक झुकाव लाइ छुट्ट्याउन सकिन्छ।
अप्रणयात्मक व्यक्तिहरुले कहिलेकाहीँ कसरी उनीहरूले प्रणयात्मक आकर्षण महसुस/अनुभव नगरेता पनि अन्य प्रकारका आकर्षणहरू महसुस गर्न/अनुभव गर्न सक्छन् भन्ने कुरा जताउन एस-ए-एम को प्रयोग गर्द्छन्। यी अन्य प्रकारका आकर्षणहरू तल सूचीबद्ध छन्।
तथापि, यो सबैको अनुभवहरू वर्णन गर्ने मोडेल होइन, र यसको प्रयोगको पछाडि केही विवाद रहेको पनि छ।
निम्न सूची विभिन्न स्रोतहरूबाट प्राप्त गरिएको हो
कुनै व्यक्ति को सौन्दर्य या बाहिरी रुप को प्रसंसा गर्नु / या आकर्षित महसुस गर्नु ।
स्विश - एक व्यक्तिले महसुस गरेको अल्टरस आकर्षणको एक तीव्र भावना हो।
प्लेटोनिक र/वा प्रणयात्मक आकर्षण हुनु आवश्यक नभई भावनात्मक निकटताको लागि रुचि वा इच्छा।अल्टरस प्रायः -प्रणयात्मक (रोमान्टिक) वा -यौनिक प्रत्ययको स्थानमा प्रयोग गरिन्छ (जस्तै, द्वी-प्रणयात्मक (बाई-रोमान्टिक) को सट्टामा द्वी-अल्टरस) ।
मेश - एक व्यक्तिले महसुस गरेको अल्टरस आकर्षणको एक तीव्र भावना हो।
एक विशेष व्यक्ति संग मित्रता वा अन्य घनिष्ठ सम्बन्ध को लागी एक रुचि वा इच्छा। यो सम्बन्ध सामान्यतया गैर-प्रणयात्मक र गैर-यौनिक हुन्छ, तर एक व्यक्तिको व्यक्तिगत अनुभवमा निर्भर हुन सक्छ।
स्क्विश एक व्यक्तिले महसुस गरेको प्लेटोनिक आकर्षणको तीव्र भावना हो।
एक विशेष व्यक्ति संग प्रणयात्मक (रोमान्टिक) सम्पर्क वा अन्तरक्रिया को लागी रुचि वा इच्छा।
क्रश - एक व्यक्तिले महसुस गरेको प्रणयात्मक (रोमान्टिक) आकर्षण को एक तीव्र भावना।
कसैलाई गैर-यौनिक तरिकामा छुन वा शारीरिक रूपमा नजिक हुन रुचि वा इच्छा, जस्तै अंगालो मार्ने वा हात समात्ने।
लश - एक व्यक्तिले महसुस गरेको कामुक आकर्षणको तीव्र भावना हो।
एक व्यक्ति संग यौन सम्पर्क, अन्तरक्रिया, वा यौन सम्बन्ध मा रुचि वा इच्छा।
स्मुश - एक व्यक्तिले महसुस गरेको यौनिक आकर्षणको तीव्र भावना हो।