NepaliAspecs

अयौनिकता एक छाता शब्द हो र स्पेक्ट्रम मा अवस्थित छ। 

 

यो यौन आकर्षणको अभाव र यौन गतिविधिहरूमा संलग्न हुन कम रुचि वा इच्छा हुनु हो। 

 

अयौनिकता एक वैध यौन झुकाव हो, यो आकर्षण संग सम्बन्धित छ, कार्य संग होइन।

 

“एस” वा "एसेस " भनेर चिनिने अयौनिक व्यक्तिहरूले (लिङ्गको पर्वाह नराखि ) यौन आकर्षणको अनुभव गर्दैनन् वा धेरै कम मात्रामा मात्र अनुभव गर्छन्। 

 

अध्ययनहरूको अनुसार विश्वको जनसंख्याको लगभग १ % ले अयौनिक छाता भित्र पहिचान गर्दछ। यानिकी लगभग ७.८ करोड मानिसहरुले आफुलाई अयौनिक भनेर चिनाउछन / चिन्दछन।

 

 

 अयौनिकता

 
  • होइन- एक विकल्प
  • होइन - ब्रह्मचर्य (जुन यौन गतिविधिबाट टाढा रहने विकल्प हो, यौन आकर्षणको कमी होइन)
  • होइन- एक रोग
  • होइन - हार्मोन असंतुलन
  • होइन - कामुकताको / यौनिकताको कमी
  • होइन आघात प्रतिक्रिया
  • होइन - यौन अपरिपक्वतासँग सम्बन्धित
  • होइन - लैङ्गिक पहिचानसंग सम्बन्धित
  • होइन - प्रणयात्मक (रोमान्टिक) आकर्षणको कमी
  • होइन- उमेर वा स्वास्थ्य समस्याहरूको कारण कामवासनाको कमि
  • होइन - धार्मिक कारणले गर्दा परहेज
  • होइन - यौन दुर्बलता
 
 
 
 

 अयौनिक व्यक्तिहरुले

  • प्रणयात्मक (रोमान्टिक) आकर्षण महसूस गर्न सक्छन
  • प्रेममा पर्न सक्छन
  • यौन गतिविधिहरूमा संलग्न हुन सक्छन (यौन -सकारात्मक वा यौन-तटस्थ)
  • उत्तेजना महसुस गर्न सक्छन
  • यौनिक र प्रणयात्मक (रोमान्टिक) आकर्षण बाहेक अन्य प्रकारका आकर्षणहरू अनुभव गर्न सक्छन , जस्तै प्लेटोनिक आकर्षण, एस्थेटिक / अभिरूप आकर्षण, कामुक आकर्षण, र अल्टरस आकर्षण।
  • आफुलाई क्वेअर (Queer) समुदायको सदस्य मान्न सक्छन
 
 
 
 

अयौनिक छाता

यअयौनिक छाताभित्र विभिन्न पहिचानहरु समावेश छन्:

  • अर्धयौनिक
  • खर्यौनिक/मधुर अयौनिक/ धुसर अयौनिक
  • अयौनिक प्रवाह
  • अ-अहंकार-यौनिक 
  • यौनतिरस्कृत (एपोथिसेक्सुअल)
  • अज्ञानयौनिक (फ्रेसेक्सुअल)
  • मणियौनिक (ळिथोसेक्सुअल/एकोइसेक्सुअल)
  • यौनइच्छुक (क्युपियोसेक्सुअल)
  • बिनिमय यौनिक र अरु पहिचानहरु
 
 
ne_NPNepali