अप्रणयात्मिकता एक छाता शब्द हो र स्पेक्ट्रम मा अवस्थित छ।
यो प्रणयात्मक (रोमान्टिक) आकर्षणको कमी र कुनै पनि लैंगिक पहिचानका व्यक्तिहरूसँग प्रणयात्मक सम्बन्ध बनाउन रुचि वा इच्छा नहुनु हो।
अप्रणयात्मिकता एक वैध (प्रणयात्मक) रोमान्टिक अभिमुखीकरण हो र यसमा अन्य प्रकारका आकर्षणहरू समावेश हुन सक्छन् जुन प्रणयात्मक (रोमान्टिक) मानिन्नन (जस्तै प्लेटोनिक वा भावनात्मक आकर्षण)।
अप्रणयात्मिकता एक वैध (प्रणयात्मक) रोमान्टिक अभिमुखीकरण हो र यसमा अन्य प्रकारका आकर्षणहरू समावेश हुन सक्छन् जुन प्रणयात्मक (रोमान्टिक) मानिन्नन (जस्तै प्लेटोनिक वा भावनात्मक आकर्षण)।
अहिले सम्म विश्वव्यापी रूपमा अप्रणयात्मक आवृत्तिको बारेमा कुनै व्यापक अध्ययन भएको छैन। AUREA ले तयार गरेको ARO CENSUS REPORT यहाँ पढ्न सक्नुहुन्छ, यो अध्ययनले सर्वेक्षण गरिएका केहि देशहरूमा अप्रणयात्मक व्यक्तिहरुको मेकअपलाई दर्श्याएको छ
अप्रणयात्मिकता
होइन- एक विकल्प
होइन - अयौनिकता
होइन- लैङ्गिक पहिचानसंग सम्बन्धित
होइन - प्रतिबद्धताको भय
होइन - हार्मोन असंतुलन
होइन आघात प्रतिक्रिया
होइन भावनात्मक अपरिपक्वता
होइन - मायाको कमी, वा प्रेम गर्न सक्ने क्षमता नभएको
होइन - भावनाको कमी
होइन - भावनात्मक उपलब्धताको बारेमा
होइन - प्रणयात्मक हृदयघातको परिणाम
अप्रणयात्मक व्यक्तिहरु:
यौन आकर्षणको अनुभव गर्न सक्छन र यौन गतिविधिहरूमा संलग्न हुन पनि सक्छन
प्रणयात्मक (रोमान्टिक) कथाहरूसँग जोडिन गाह्रो मान्न / अल्लग्गियेको महसुस गर्न सक्छन, वा यस्ता कथाहरु सुन्दा/हेर्दा उल्झनमा पर्न सक्छन
कोहि पनि व्यक्तिसँग गाढा प्लेटोनिक सम्भन्द बनाउन/राख्न सक्छन
आफ्नो अप्रणयात्मक पहिचान बाहेक अरु कुनै पनि यौनिक अभिमुखीकरण/ झुकाव संग पहिचान जोड्न सक्छन
प्रतिबद्ध, चिरस्थायी व्यक्तिगत सम्बन्धमा बस्न सक्छन (जस्तै क्वेअर -प्लेटोनिक सम्बन्धहरू)
अरूसँग चिरस्थायी प्रणयात्मक वा प्लेटोनिक साझेदारीमा बस्न रुचि नराख्न सक्छन (गैर-प्रेमकारी)
यौनिक र प्रणयात्मक (रोमान्टिक) आकर्षण बाहेक अन्य प्रकारका आकर्षणहरू अनुभव गर्न सक्छन , जस्तै प्लेटोनिक आकर्षण, एस्थेटिक / अभिरूप आकर्षण, कामुक आकर्षण, र अल्टरस आकर्षण
अप्रणयात्मक छाता
अप्रणयात्मक छाता भित्र विभिन्न पहिचानहरू समावेश छन्: