NepaliAspecs

एस्पेक छाता

एस्पेक छाताले यौनिक र प्रणयात्मक अभिमुखीकरण / झुकाव अभिव्यक्त गर्ने धेरै तरिकाहरूलाई (माइक्रो-लेबल वा माइक्रो-पहिचान) अँगालेको/समेटेको छ। 

यी लेबल/पहिचानहरू मुख्यतया एस्पेक व्यक्तिहरुले महसुस गर्ने यौनिक र प्रणयात्मिक अनुभवहरूलाई वर्णन/परिभाषित गर्न, एस्पेक व्यक्तिहरुको पहिचानहरु प्रमाणीकरण र समर्थन गर्नका लागी प्रयोग गरिन्छन्। यी लेबल/पहिचानहरु सामान्यतया मानिसहरू जत्तिकै सूक्ष्म र जटिल हुन सक्छन्!

अयौनिक छाता

एस्पेक स्पेक्ट्रममा लेबलहरू सधैं परिवर्तन हुन्/बढ्न सक्छन। यी लेबलहरु मध्ये, केही एकदमै नयाँ छन् र एस्पेक समुदायमा व्यापक रूपमा प्रयोग गरिएका छैनन्, यद्यपि कतिपय एस्पेक व्यक्तिहरुले लेबलको रूपमा पहिचान गरेर प्रयोग गरिसकेका छन् (त्यस्ता लेबल्हारू # चिन्हले चिनाइएका छन्)। निम्न परिभाषाहरू उपलब्ध विभिन्न स्रोतहरूबाट प्राप्त गरिएका हुन् ।

कोही व्यक्ति जसको यौनिक अभिमुखीकरण तरल हुन्छ र अक्सर परिवर्तन हुन सक्छ।

कोहि व्यक्ति जसको यौनिक अभिमुखिकरण फेरिरहन सक्छ।

आफ्नो प्रणयात्मक अभिमुखीकरण वा आकर्षण अप्रणयात्मक श्रेणी मा रहने तर फेरिरहने व्यक्ती हरुलाई एरोफ्ल्क्स (अप्रणयात्मक प्रवाह) भनिन्छ

कोही व्यक्ति जसले सामान्यतया यौन आकर्षण महसुस गर्दैन तर कहिलेकाहीँ छोटो समयको लागि तीव्र यौन भावनाहरू महसुस गर्दछ।

कोही व्यक्ति जसले आफू र आफ्नो यौन आकर्षण र/वा कल्पनाको वस्तु बीचको सम्बन्ध विच्छेदको अनुभव गर्दछ 

एगोसेक्सुअलहरूले यौनिक कल्पना महसुस गर्न, यौनिक सामग्री (जस्तो कि चलचित्र र किताबहरु) खपत गर्न, र हस्तमैथुनमा भाग र आनन्द लिन सक्छन। तर एगोसेक्सुअल व्यक्तिहरुले सम्भोग/ यौन गतिविधिमा भाग लिने न्युन वा सुन्य रुची हुन सक्छ । 

लिथसेक्सुअल व्यक्तीहरुले आफ्नो भावनाहरु विनिमय गर्न नसक्ने व्यक्ती हरु प्रती मात्रै यौनिक आकर्षण महसुस गर्दछन। 

लिथसेक्सुअल व्यक्तीहरुले यौनिक आकर्षण/रुचि विनिमय भएमा त्यो आकर्षण/रुचि गुमाउन सक्छन। 

एपोथिसेक्सुअल व्यक्तीहरु यौन तथा यौनिक कार्य हरुलाई असहज ठान्दछन वा घृणा गर्दछन । 

कुपियोसेक्सुअल व्यक्तिहरुले यौनिक अकर्षण महसुस नगरेता पनि यौनिक समबन्ध वा आकर्षणको इच्छा राख्दछन ।

बलियो भावनात्मक बन्धन बनेपछि मात्र यौन आकर्षणको अनुभव गर्ने व्यक्ति। अर्धयौनिक व्यक्तिहरूप्रणयात्मक (रोमान्टिक) आकर्षण महसुस गर्न सक्छन्, तर उनीहरुलाई यौन आकर्षणको अनुभव तबसम्म हुदैन जबसम्म त्यो व्यक्तिसँग बलियो भावनात्मक बन्धन बनाउँदैनन्। 

अर्धयौनिक व्यक्तिहरूले सामान्यतया, प्राथमिक आकर्षण (दृश्य, स्पर्श, गन्ध, आदिमा आधारित आकर्षण) अनुभव गर्दैनन् र आफ्नो जीवनकालमा एक दुई पटक वा केवल एक व्यक्तिप्रति मात्र यौन आकर्षण महसुस गर्न सक्दछन् । 

फ्रेयौनिक व्यक्ती हरुले आफुले नचिन्ने व्यक्तिहरु माथि मात्रै यौनिक अकर्षण महसुस गर्दछन। कतिपय फ्रेयौनिक व्यक्तिहरुले त्यो व्यक्तिलाई चिनेमा त्यो आकर्षण गुमाउन सक्दछन । 

फ्रेयौनिकता लाई अर्धयौनिकता को विपरित पनि मनिन्छ ।

कोही व्यक्ति जसले १) विरलै यौन आकर्षण महसुस गर्दछ, २ ) धेरै कम तीव्रतामा यौन आकर्षण महसुस गर्दछ, ३ ) निश्चित परिस्थितिहरूमा मात्र यौन आकर्षण महसुस गर्दछ, वा ४ ) विशेष व्यक्तिहरू प्रति मात्र यौन आकर्षणको अनुभव गर्दछ। 

खर्यौनिक व्यक्तिहरुले यौन आकर्षणको अनुभव गरेको वा अनुभव गर्ने हुने हुँदा उनीहरुलाई अयौनिक र एलोसेक्सुअल अनुभवहरूको बीचमा अवस्थित मानिन्छ। 

कोही व्यक्ति जसले यौन आकर्षण र अन्य कुनै पनि प्रकारको आकर्षण (प्लेटोनिक,भावनात्मक, इत्यादि) समान रूपमा अनुभव गर्दछ र तिनीहरू बीच भेद गर्न सक्दैन। 

इडेमसेक्सुअलहरूले यौन आकर्षणको उपस्थिति वा अभाव बाहेक अन्य कारकहरूमा आधारित सम्बन्ध र भावनाहरूलाई वर्गीकरण गर्दछन। 

कोहि व्यक्ति जसलाई अर्को व्यक्तिमा यौन कार्य गर्ने इच्छा हुदैन तर यौन कार्य प्राप्त गर्ने इच्छा हुन्छ।

कोहि व्यक्ति जसको यौनिक अभिमुखीकरण शब्दले व्याख्या गर्न सकिँदैन। नोभिसेक्सुअलहरूले आफ्नो यौनिक अभिमुखीकरण कुनै पनि लेबलमा समेट्न गाह्रो महसुस गर्दछन। 

कोहि व्यक्ति जसलाई यौन कार्यहरू प्राप्त गर्ने इच्छा हुदैन , तर अरू कसैमाथि गर्ने इच्छा हुन्छ ।

कोहि व्यक्ति जसलाई आफुले महसुस गरेको आकर्षण कस्तो खालको आकर्षण हो भन्ने कुराले अलमल गराउछ 

कोहि व्यक्ति जसले आफ्नो भावनाहरु विनिमय गर्न सक्ने व्यक्ती हरु प्रती मात्रै यौनिक अकर्षण महसुस गर्दछ 

अप्रणयात्मक छाता

एस्पेक स्पेक्ट्रममा लेबलहरू सधैं परिवर्तन हुन्/बढ्न सक्छन। यी लेबलहरु मध्ये, केही एकदमै नयाँ छन् र एस्पेक समुदायमा व्यापक रूपमा प्रयोग गरिएका छैनन्, यद्यपि कतिपय एस्पेक व्यक्तिहरुले लेबलको रूपमा पहिचान गरेर प्रयोग गरिसकेका छन् (त्यस्ता लेबल्हारू # चिन्हले चिनाइएका छन्)। निम्न परिभाषाहरू उपलब्ध विभिन्न स्रोतहरूबाट प्राप्त गरिएका हुन् ।

कोही व्यक्ति जसको प्रणयात्मक आकर्षण तरल हुन्छ वा द्रुत रुपमा परिवर्तन हुन सक्छ

कोही जसलाई विचारमा चाही प्रणयात्मक सम्बन्धसंग लगाव हुन्छ, तर वास्तविकतामा प्रणयात्मक गतिविधिहरूमा सहभागी हुन चाहँदैन।

कोहि व्यक्ति जसले कुनै पनि आकार वा रुपमा प्रणयात्मक आकर्षण अनुभव हुदैन, र प्रणय-तिरस्कृत (रोमान्स-रिपल्स्ड) हुन्छन (घ्रिणा गर्छन)

कोहि व्यक्ति जसको प्रणयात्मक अभिमुखीकरण वा आकर्षण अप्रणयात्मकश्रेणी मा रहन्छ तर फेरिरहने हुन्छ 

कोही व्यक्ति जसको प्रणयात्मक अभिमुखीकरण वा आकर्षण धेरै चाँडै परिवर्तन हुन्छ; कसैप्रति अचानक आकर्षणको विकास हुने, र त्यसपछि छिट्टै त्यो आकर्षण गुमाउने हुन्छ 

कोही व्यक्ति जसले पारम्परिक प्रणयात्मक कार्यहरूमा रुचि राख्छ तर कसैसंग प्रणयात्मक सम्बन्धमा बस्ने रुचि चाही राख्दैन 

कोहि व्यक्ति जसले प्रणयात्मक आकर्षण अनुभव गर्दैन, तर कसैसंग प्रणयात्मक सम्बन्धमा गाँसिन चाहन्छ

अर्को व्यक्तिसँग भावनात्मक सम्बन्ध विकास गरेपछि मात्र प्रणयात्मक आकर्षण अनुभव गर्ने व्यक्ति। 

डेमिसेक्सुअलहरू (अर्धयौनिक) जस्तै, डेमी-रोमान्टिक (अर्धप्रणयात्मक) व्यक्तिहरुले पनि प्राथमिक आकर्षण (पहिलो नजरमा प्रेम, क्रश, आदि) अनुभव गर्दैनन्, तर अर्को व्यक्तिसँग गहिरो, भावनात्मक सम्बन्ध बनाएपछि प्रणयात्मक भावनाहरू विकास गर्न र प्रणयात्मक आकर्षण अनुभव गर्न सक्छन् । 

कोहि व्यक्ति जसको प्रणयात्मक आकर्षण “माया हुने” को साटो “मन पर्ने” मा सिमित रहन्छ 

फ्रेरोमान्टिक व्यक्तिहरुले आफुले नचिन्ने व्यक्ती हरु प्रति मात्र प्रणयात्मक अकर्षण महसुस गर्न सक्दछन्। कतिपय फ्रेरोमान्टिक व्यक्तिहरुले त्यो व्यक्तिलाई चिनेमा त्यो आकर्षण गुमाउन सक्दछन् । फ्रेरोमान्टिक लाई अर्धप्रणयात्मक (डेमिरोमान्टिक) को विपरित पनि मनिन्छ । 

कोहि व्यक्ति जसले प्रणयात्मक आकर्षण १ )धेरै विरलै मात्र महसुस गर्दछ , २) कम तीव्रतामा महसुस गर्दछ , ३) केवल विशिष्ट व्यक्तिहरू तर्फ मात्र महसुस गर्दछ, वा ४) असामान्य वा अज्ञात परिस्थितिहरूमा आकर्षित हुने/ आकर्षण गुमाउने गर्दछ। 

खैर-अप्रणयात्मक एलोरोमन्टिक (प्रणयात्मक आकर्षण पूर्ण रुपमा अनुभव हुने) र अप्रणयात्मक (प्रणयात्मक आकर्षण महसुस नहुने) को बिचमा रहेको मानिन्छ। यो आफैमा एरो-स्पेक्ट्रममा रहेका अप्रणयात्मक व्यक्तिहरुका लागि एउटा छाता शब्द हो जसले अप्रणयात्मक बाहेकका अरु प्रणयात्मक अभिमुकिखारण/झुकावलाई जनाउछ। 

कोहि व्यक्ति जसलाई अर्को व्यक्तिप्रति प्रणयात्मक इशारा/कार्य गर्ने यौनगर्ने इच्छा हुदैन तर अर्को व्यक्तिबाट प्रणयात्मक इशारा/कार्य पाउने इच्छा चाही हुन सक्छ

कोही व्यक्ति जसले प्रणयात्मक र प्लेटोनिक आकर्षण फरक तरिकाले अनुभव गर्दैन।यस्ता व्यक्तिहरुले अन्य कारकहरू, व्यक्तित्व, अनुकूलता, इत्यादिको आधारमा प्रणयात्मक र प्लेटोनिक बीचको भिन्नता बुझ्दछन 

कोहि व्यक्ति जसले प्रणयात्मक आकर्षण महसुस गर्न सक्छ र सैद्धान्तिक रूपमा प्रणयात्मक सम्बन्धहरूको आनन्द लिन पनि सक्छ, तर आफ्नो भावनाहरु विनिमय गर्न नसक्ने व्यक्तिहरु प्रति मात्र आस्कर्षण महसुस गर्दछ 

एक लिथरोमान्टिक व्यक्तिले एक पटक सम्बन्धमा भएपछि प्रणयात्मक आकर्षण महसुस गर्न छोड्न सक्छ। 

कोहि व्यक्ति जसलाई अर्को व्यक्तिप्रति प्रणयात्मक इशारा/कार्य गर्ने इच्छा हुन्छ तर अर्को व्यक्तिबाट प्रणयात्मक इशारा/कार्य पाउने इच्छा चाही हुदैन 

कोहि व्यक्ति जसले प्रणय (रोमान्स), प्रणयात्मक आकर्षण, र प्रणयात्मक अभिमुखीकरण के हो भनेर बुझ्दैन ; जसले आफ्नो व्यक्तिगत अनुभवहरूमा प्लेटोनिक र प्रणयात्मक आकर्षण चिन्न र छुट्टाउन सक्दैन, र त्यसैले यी अनुभवहरुमा अनिश्चित हुन्छ। 

कोहि व्यक्ति जसले आफ्नो भावनाहरु विनिमय गर्न सक्ने व्यक्तिहरु प्रति मात्रै प्रणयात्मक अकर्षण महसुस गर्ने सक्छ 

यौन र प्रणय (रोमान्सप्रतिको) मनोवृत्ति

एस्पेक व्यक्तिहरूले प्रायः यौन र प्रणय (रोमान्सप्रतिको) आफ्नो मनोवृत्ति वर्णन गर्न र परिभाषित गर्न सकारात्मक , तटस्थ, आदि जस्ता शब्दहरू प्रयोग गर्छन्। तलको सूची विभिन्न स्रोतहरूबाट लिइएको हो।

कोही, जो प्रणयात्मक (रोमान्टिक) सम्बन्धमा बस्न चाहन सक्छ वा साथीहरूसँग प्रणयात्मक (रोमान्टिक) गतिविधिहरूमा संलग्न हुन रोज्न सक्छ (अर्को व्यक्तिप्रति प्रणयात्मक आकर्षण महसुस गरेपनि या नगरेपनि)।

कोही, जसले यौनिक सम्बन्ध र गतिविधिमा सम्लंग्न हुन र आनन्द लिन सक्छन (अर्को व्यक्ति वा व्यक्तिहरूप्रति यौन आकर्षण महसुस गरेपनि या नगरेपनि)।

सामान्यतया, प्रणय (रोमान्स)-तटस्थ व्यक्तिहरू न त प्रणयात्मक (रोमान्टिक) गतिविधिहरूमा रुचि राख्छन् न विरोध गर्छन्। त्यसैगरी, यौन तटस्थ व्यक्तिहरू पनि यौन गतिविधिहरूमा न चासो राख्छन् न विरोध गर्छन्। 

यस्ता व्यक्तिहरुले प्रणयात्मक (रोमान्टिक) या यौन गतिविधिहरूमा धेरै कारणहरूका लागि भाग लिन सक्छन्, (उदाहरणका लागि: आफ्नो पार्टनरको इच्छा पूरा गर्न) तर सक्रिय रूपमा प्रणयात्मक (रोमान्टिक) या यौन गतिविधिहरू खोज्दैनन् ।

 प्रणय (रोमान्स)-विपरित व्यक्तिहरु कुनै पनि प्रणयात्मक (रोमान्टिक) सम्बन्धमा संलग्न हुन चाहंदैनन र कुनै पनि परिस्थितिमा (प्रणयात्मक) रोमान्टिक रूपमा आफूलाई पछ्याउने मानिसहरूसँग असहज हुन सक्छन।

प्रणय (रोमान्स)-तिरस्कृत व्यक्तिहरू प्रणयात्मक (रोमान्टिक) सम्बन्धहरूमा संलग्न हुन नचाहने मात्र होइन, प्रणयात्मक (रोमान्टिक) कार्य र सम्बन्धप्रति घृणित हुन सक्छन। 

जसको प्रणयात्मक (रोमान्टिक) कार्य र सम्बन्धप्रति या यौनिक कार्य र सम्बन्धप्रतिप्रति मिश्रित भावनाहरू हुन्छन , र यी भानानाहरु कहिलेकाहीं -सकारात्मक , -तटस्थ, -विपरित/तिरस्कृतको मिश्रणको रूपमा प्रस्तुत हुन सक्छन् । 

कोही जो कुनै पनि सम्बन्ध - जहाँ यौन आवश्यक हुन जान्छ/ हुन्छ - बाट टाढा रहन चाहन्छ।

एक यौन-तिरस्कृत व्यक्ति केवल यौन गतिविधिमा संलग्न हुन नचाहने मात्र होइन, यौनिक कार्य र सम्बन्धप्रति घृणित हुन सक्छन। 

ne_NPNepali