NepaliAspecs

हामी को हौं?

हामी अयौनिक र अप्रणयात्मक स्पेक्ट्रम भित्र पहिचान गर्ने व्यक्तिहरुको एक समूह हौँ

 

एस्पेक छाता भित्र पर्ने र आफ्ना एस्पेक पहिचानहरु पत्ता लगाउदै गरेका सबै व्यक्ति - युवा देखि वृद्धा सम्म - का लागि एउटा सुरक्षित ठाउँ (स्पेस) र एस्पेक पहिचान भित्र पर्ने सबै कुराहरुका व्यापक स्रोत बन्ने आशा राखेका छौँ 

एस्पेक भनेको के हो?

एस्पेक एक संक्षिप्त नाम हो जसले अयौनिक र अप्रणयात्मक छाताभित्र पर्ने धेरै पहिचानहरूलाई चिनाउँछ/बुझाउँछ

अयौनिक?

अयौनिकता यौन आकर्षण र इच्छाको अभाव हो। यो यौनिक अभिमुखिकरण / झुकावको एक वैध विविघता हो। 

 

कुनै प्रकारको यौन आकर्षण महसुस नगर्ने, कुनै प्रकारको यौन चाहना नहुने (या अतिन्यून यौन आकर्षण / चाहना हुने) व्यक्तिलाई अयौनिक भनिन्छ। 

अप्रणयात्मक?

कुनै पनि व्यक्ति तर्फ प्रणयात्मक (रोमान्टिक) आकर्षणको अभावलाई अप्रणयात्मिकता भनिन्छ। यो प्रणयात्मक अभिमुखिकरण / झुकावको एक वैध विविधता हो

 

कुनै प्रकारको प्रणयात्मक आकर्षण महसुस नगर्ने (या अतिन्यून प्रणयात्मक आकर्षण हुने) व्यक्तिलाई अप्रणयात्मक भनिन्छ

स्प्लिट (खण्डित) आकर्षण मोडेल (एस ए एम)?

स्प्लिट आकर्षण मोडेल वा SAM ले यौनिक र प्रणयात्मक अभिमुखीकरण/झुकावलाई विभिन्न खण्डहरुमा अलग गर्दछ। यो एक मोडेल हो जुन प्राय: एस्पेक समुदायका व्यक्तिहरुले आफ्नो यौनिक र प्रणयात्मक पहिचानलाई छुट्टाउन प्रयोग गर्दछन्। 

 

यसले कसरी एक व्यक्तिले आकर्षण अनुभव गर्दछ भन्ने कुरा कोटिहरूमा विभाजन गर्न सकिन्छ, र मानिसहरूले यौनिक र प्रणयात्मक आकर्षणहरू धेरै फरक रूपमा अनुभव गर्न सक्छन् भन्ने कुरा जनाउछ। 

 

 

उदाहरण को लागी, कुनै एक व्यक्तिले आफूलाई समयौनिक र अप्रणयात्मक पुरुष, वा अयौनिक र द्विप्रणयात्मक ( बाई-रोमान्टिक) महिला भनेर चिन्न/चिनाउन सक्छन।

 

Five people standing with their backs to the camera, with asexual flags draped on their backs

दृश्यता

A small placard that says you have heard of single and ready to mingle, now get ready for ace and in desperate need of space

ज्ञान स्रोत

Two hands twined together, one wrist is decorated with the nepali aspecs logo, a laligurans in ace and aro colors

एकता

पोडकास्ट: एस-एरो कुराकानी

ne_NPNepali